images
images

शनिवार, जेठ ५ गते २०८१

नेत्रहिन युवा संघ रुपन्देहीद्वरा सेतोछडी वितरण

नेत्रहिन युवा संघ रुपन्देहीद्वरा सेतोछडी वितरण

images
images
images
मंगलवार, चैत्र २२ २०७८
मंगलवार, चैत्र २२ २०७८
  • नेत्रहिन युवा संघ रुपन्देहीद्वरा सेतोछडी वितरण

    बुटवल, २२ चैत । 
    नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजनामा सेतोछडी वितरण तथा आगामी निर्वाचनको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरेको छ । बुटवल–१२ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघको भवनमा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी  प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो   । 

    images
    images
    images

    बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री शर्माले अपांगताको विषयमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । उनले अपांगता क्षेत्रमा पनि दृष्टिबिहीनता भएका व्याक्तिहरुको पक्षमा सरकारले निरन्तर सहयोग प्रादन गर्ने बताए ।

    कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले निर्वाचनमा समान सहभागिताको लागि सरकार लाग्नुपर्ने बताए । उनले स्थानीय तहको निर्वाचनमा पनि अपांगता भएका व्यक्तिहरुको समावेशीताको लागि जोड दिनुपर्ने बताए । समावेशीताको लागि अपांगता भएका व्यक्तिहरुको सहभागीता जरुरी रहेको बताए ।

    कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरासिनीले अपांगताको विषयमा सरकार गम्भिर नभएको बताए । उनले अपांगता भएको समुदायप्रति सरकारले समान दृष्टिकोणबाट हेर्नुपर्ने बताए । 

    बुटवल वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बुटवल उपमहानगरपालिकाले अपांगता समुदायलाई महत्व दिएर काम गर्दै आएको बताए । उनले नीतिनिर्माण तहमा सामान्यतया परिवर्तन गरेमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

    कार्यक्रममा समाजसेवी छविलाल आचार्य, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, रुपन्देही नेत्रहिन परियोजना संयोजक प्रेम आचार्य लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

    नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको सञ्चालन तथा परियोजना संयोजक अस्मिता क्षेत्रीको स्वागतमा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न दृष्टिविहीनता तथा न्यून दृष्टिविहीनता भएका ३५ जना  यक्तिहरुलाई गमनशिलता सहजीकरणका लागि सेतो छडी (ह्वाईटक्यान) वितरण गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij