२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

बुद्धभूमिमा अन्याय र अत्याचार बढी भयो : राप्रपा प्रवक्ता शाही

सोमवार , चैत्र २१, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले बुद्धभूमिमा अन्याय र अत्याचार बढी भएको बताएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै शाहीले शान्ति भूमिमा पनि यस्तो भएकोले राष्ट्रघातीलाई कहिले नस्वीकार्ने बताउँदै देशको अबको लडाइँ शिक्षा, स्वास्थ्य, सुशासन र यही देशमा रोजगारीको रहेको बताए । 

    विश्वभर नभएको सुन्दर र सम्पदा युक्त देश नेपाल रहेकोले यसलाई सुधार्न जरुरी रहेको उनले बताए । ‘राजा हुँदा देशमा न्याय हुन्थ्यो, अहिले देशद्रोहीले देश चलेकोले अब जनता न्याय माग्न कहा जाने उनले प्रश्न गरे ।

    तीन वर्षमा एक अर्ब ८ करोड बजेट सिद्धार्थनगर आएको  र ५० करोड आठ लाख बेरुजु भएको जसमध्ये १७ करोड मोजमस्तीमा खर्च भएको सुनाउँदै प्रवक्ता शाहीले यसको हिसाब जनताले लिनुपर्ने बताए ।