images
images

शनिवार, जेठ ५ गते २०८१

सैनामैनामा सुनचाँदी पसल लुटपाट प्रयासको घटनाप्रति ध्यानाकर्षण

सैनामैनामा सुनचाँदी पसल लुटपाट प्रयासको घटनाप्रति ध्यानाकर्षण

images
images
images
सोमवार, चैत्र २१ २०७८
सोमवार, चैत्र २१ २०७८
  • सैनामैनामा सुनचाँदी पसल लुटपाट प्रयासको घटनाप्रति ध्यानाकर्षण

    बुटवल, २१ चैत ।

    images
    images
    images

    रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित रानीबगियामा अवस्थित गणेश प्रसाद सुनारको बाग्लङ शान्तिपुरे गुल्मेली सुनचाँदी पसलमा सांघातिक हमला गरी पसल लुटपाट गर्ने प्रयासको घटनाप्रति रुपन्देही सुनचाँदी व्यवसायी संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

    पसलका सञ्चालक गणेश प्रसाद सुनारलाई चैत १७ गते साँझ करिब ७ बजे पसल बन्द गर्ने समयमा लुटेराहरुको समूहले टाउकोमा हथौडाले हानेर गम्भिर घाइते बनाउनुको साथै लुटपाटको प्रयास भएकोप्रति संघले विज्ञप्ती जारी गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

    ‘व्यवसाय सञ्चालनका क्रममा यसरी लुटपाटको प्रयास हुनु अत्यन्तै निन्दनीय भएको र सिंगो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको छ । यसले आम व्यवसायीलाई हतोत्साही मात्रै नबनाई चिन्तित र दुखित समेत तुल्याएको छ,’ रुपन्देही जिल्लाभरीका सुनचाँदी व्यवसायीहरुको छाता संघ रुपन्देही सुनचाँदी व्यवसायी संघले सम्पूर्ण व्यवसायीहरुको शान्ति सुरक्षाको जोडदार माग गर्दछौं, संघका अध्यक्ष रामकिसन विश्वकर्माद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सुनचाँदी पसलमा व्यक्तिले फलामको हतौडी (ह्याम्बर)ले टाउकोमा प्रहार गर्दा सुनचाँदी पसल सञ्चालक गणेश सुनार घाइते भएका छन् ।

    आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै संलग्नमा संलग्न दोषीलाई पक्राउ गरी आवश्यक कारवाही गर्न प्रशासन समक्ष आग्रह गरिएको छ । संघले लुटेराको आक्रमणमा परी घाइते सुनारलाई शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । साथै व्यवसायीहरुले पसल खोल्ने र बन्द गर्ने समयमा विशेष सतर्कता अपनाउन संघले विज्ञप्तीमार्फत अपिल गरेको छ ।

     

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij