images

बिहिवार, बैशाख १३ गते २०८१

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

images
images
images
सोमवार, चैत्र २१ २०७८
सोमवार, चैत्र २१ २०७८
  • मार्चमा ४२ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिए

    काठमाडौं, २१ चैत ।
    सन् २०२२ को मार्च महिनामा ४२ हजार भन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्यांक अनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका हुन् । 

    images

    अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए । वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो । यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ । 

    सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन् । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij