images

सोमवार, बैशाख ३१ गते २०८१

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु

अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु

झण्डै सात करोडले हुलाकमार्फत मतदान गरिसके

images
images
images
मंगलवार, कार्तिक १८ २०७७
मंगलवार, कार्तिक १८ २०७७
  • अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु

    काठमाडौं, १८ कार्तिक ।
    विश्व शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार मतदान सुरु भएको छ । अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान सुरु भइसकेको विभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । 

    images
    images
    images

    नेपाली समय अनुसार मंगलबार बेलुकाबाट अमेरीकामा मतदान सुरु भएको हो । अमेरिकाको स्थानीय समय अनुसार मंगलबार बिहान स्थान अनुसार ६ बजेदेखि र कतिपय स्थानमा ८ बजेदेखि बजेसम्ममा मतदान सुरु भएको छ । प्रत्यक्ष मतदान मंगलबार हुने भएपनि सोमबारसम्म अन्य माध्यमबाट झण्डै सात करोड अमेरिकी नागरिकहरुले हुलाक लगाएतका विभिन्न माध्यमबाट मतदान गरिसकेको अधिकारीहरुले जनाएका छन् । 

    चुनावको एक दिन अघिसम्म ६ करोड ९५ लाख अमेरिकी नागरिकले हुलाकमार्फत् अथवा पहिल्यै मतदान गर्न पाउने व्यवस्था अन्तर्गत मत दिइसकेको अमेरीकी अधिकारीहरुले जनाएका छन् । अमेरिकामा हरेक निर्वाचनमा हुलाकमार्फत लाखौं मतदाताले मतदान गर्दछन् । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा तीन करोड ३० लाख अमेरिकीले हुलाकमार्फत् मतदान गरेकोमा यस पटक कोरोना भाइरस महामारीलाई लिएर आठ करोड २० लाख मानिसलाई हुलाकमार्फत् मतदान गर्न आग्रह गरिएको थियो । 
    राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति तथा रिपब्लीकनकातर्फबाट उम्मेदबार बन्नुभएका डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदबार बन्नुभएका जो वाइडेनका बीचमा कडा प्रतिष्पर्धा हुने बताइएको छ । प्रतिस्पर्धीमध्ये ट्रम्प ७४ वर्ष र वाइडेन ७८ वर्षका भएकाले अमेरिकाको जिम्मेवारी बुढा नेतालाई नै पर्ने भएको छ । उम्मेदवार वाइडेनले निकै सरल रूपमा चुनावी अभियान चलाउँदै ट्रम्पको कार्यकालमा भएका गल्ती र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा भएका कमजोरीलाई आफ्नो प्रमुख मुद्दा बनाउदै आएका छन् भने अर्का उम्मेदबार ट्रम्पले आफूमाथि लागेको आरोपहरुको प्रतिवाद गर्दै आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् । 

    विभिन्न अमेरीकी एजेन्सीहरुले गरेको चुनावी सर्वेक्षणहरुमा डेमोक्रेटिक पार्टीका उम्मेदवार वाइडेनलाई नै अगाडि देखाइएको छ भने ट्रम्पप्रति धेरैको असन्तुष्टि रहेको र भरोसा टुटेको दावी गरिएको छ । अमेरिकी राष्ट्रपतिको काम कार्वाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले यस निर्वाचनलाई महत्वका साथ हेर्ने गरिन्छ । अमेरिकामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ ।

    अमेरिकामा कुल ५ सय ३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ । सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् र उनीहरुले छानेको व्यक्तिले राष्ट्रपति चयन गर्नेछन् । यही व्यवस्थाका कारण कतिपय बेला देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्ट्रोरल कलेजमा थोरै मत प्राप्त भएर पराजित हुने गरेका छन् । 

    सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाए पनि इलेक्ट्रोरल कलेजको मत डोनाल्ड ट्रम्पले धेरै पाएर उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । त्यसै गरी त्यति बेला अधिकांश सर्वेक्षण र सञ्चार माध्यमहरुले हिलारी विजयी हुने प्रक्षेपण गरेका थिए । अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । नयाँ निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij