images
images

शनिवार, जेठ ५ गते २०८१

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

images
images
images
आइतवार, चैत्र २० २०७८
आइतवार, चैत्र २० २०७८
  • प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास

    २० चैत।   भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरे।   सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो। 

    images
    images
    images

     नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ। यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ। नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो। उक्त भवनमा ३५ कोठा रहनेछन्। भवन नेपाली शैलीको हुने जनाइएको। पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ। 

     यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गरे। त्यसअघि उनिहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो।   प्रधानमन्त्री देउवा आजै अपराह्न यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्ने भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। रासस

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij