२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल

आइतवार , चैत्र २०, २०७८

भैरहवा, २० चैत ।
लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर, भैरहवाको अध्यक्षमा पुनः विष्णुु प्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १० औं साधारणसभा तथा पाँचौ अधिवेशनबाट संस्थापक खरेल पाँचौं कार्यकालको लागि सर्वसम्मत अध्यक्ष भएका हुुन् । निर्वाचित अध्यक्ष खरेलले निर्वाचित भएसंगै आफूमाथि थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायीसंग सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताए । उनले नयाँ तथा पुुराना साथीहरुलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता समेत जनाए । 

277613392_515481909948139_9142935246086424169_n.jpg

त्यस्तै सघंको वरिष्ठ उपाध्यक्षमा मधुुसुुदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुु प्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत भएका छन् । महासचिव गौतम पनि पाँचौ कार्यकालको लागि सर्वसम्मत भएका हुुन् । त्यस्तै सचिवमा बाल किसुुन गुुप्ता (बानिया) र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् । सचिवका प्रत्यासी लिला प्रसाद श्रेष्ठलाई पछि पार्दै बानिया र कोषाध्यक्षका प्रत्यासी बसन्त भट्टराई पछि पार्दै पाण्डे निर्वाचित भएका हुुन् । 

त्यस्तै सदस्यहरुमा रविन खरेल, झविन्द्र कुुमार चोखला, जगदिश प्रसाद चौधरी, कमलेश गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत जगत बहादुुर रायमाझीले जानकारी दिए । निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचन अधिकृत रायमाझीको अध्यक्षता तथा निर्वाचन समिति सदस्य प्रख्यात बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुुमार श्रेष्ठ, संघका अध्यक्ष विष्णुु प्रसाद खरेल, वरिष्ठ उपाध्यक्ष मधुुसुुदन आचार्य, सुुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य, प्रकाश श्रेष्ठ लगायतले बोलेका थिए ।