images
images

शनिवार, जेठ ५ गते २०८१

लायन्स क्लब स्टार्सद्वारा सहयोग प्रदान

लायन्स क्लब स्टार्सद्वारा सहयोग प्रदान

images
images
images
आइतवार, चैत्र २० २०७८
आइतवार, चैत्र २० २०७८
  • लायन्स क्लब स्टार्सद्वारा सहयोग प्रदान

    बुटवल, १९ चैत । 
    लायन्स क्लब अफ बुटवल स्टार्सले खाद्यान्न तथा जिन्सी सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरी क्लबले बुटवल सुख्खानगरस्थित मानवसेवा आश्रममा सहयोग प्रदान गरेको हो ।  मानव सेवा आश्रममा आश्रित विभिन्न व्यक्तिहरुको सहयोगको लागि क्लबले सहयोग  गरेको अध्यक्ष अन्जील खानले जानकारी दिए ।

    images
    images
    images

    क्लबका पूर्व अध्यक्ष दिपक भट्टराई र सह–कोषाध्यक्ष अब्दुल सलामतको जन्मोत्स को अवसर पारेर सहयोग प्रदान गरिएको हो । कार्यक्रममा नव निर्वाचित सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले जन्मदिनमा अनावश्यक फजुल खर्च नगरी सामाजिक सेवामा खर्च गरेकोमा प्रशंसा गरेका थिए । 

    त्यस्तै क्लब सचिवालयमा छुट्टै कार्यक्रम आयोजना गरी कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा रहेका अपांगता भएका व्यक्ति, दृष्टिविहीनता भएका व्यक्तिलाई समेत सहयोग गरेको थियो । उनीहरुलाई खाद्यान्न, जिन्सीसहितको सहयोग गरिएको अध्यक्ष खानले जानकारी दिए । 

    कार्यक्रममा स्टार्सको मूल नारा ‘जहाँ दुःख छ त्यहाँ पुग्छ’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै सहयोग गरेको बताउँदै आफुले कमाएका केही प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्नुपर्ने र स्टार्सले सहयोग गरेको धारणा राखे  । 

    त्यस्तै कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा एओजी आशिष कृष्ण श्रेष्ठ, प्रथम उपाध्यक्ष विजय कुमार वर्नवाल, तृतीय उपाध्यक्ष विश्वजित कसौधन, सह–सचिव डियस भट्टराई लगायतले बोलेका थिए । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij