२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

लायन्स क्लब छाडेर नेपाली क्लब दर्ता गर्ने घोषणा

शनिवार , चैत्र १९, २०७८

  • 11.5K
    Shares
  • 11.5K
    Shares
  • भैरहवा, १९ चैत ।
    लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका सदस्यहरुले क्लबमा नरहने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय लायन्स क्लबमा रहेर विभिन्न सामाजिक सेवामा लागेका अभियन्ताहरु राष्ट्रिय क्लब गठनमा लाग्ने भएका हुन । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध आजदेखि नयाँ अभियानमा लागेको हो ।

    लायन्स क्लबले गर्ने काम अब आफ्नै नेपाली क्लब दर्ता गरेर अझ राम्रो काम गर्न सकिने क्लबका संस्थापक अध्यक्ष गौतम कुमार गुप्ताले बताए इन्टरनेशनल क्लबमा गरिने खर्च र पठाउनुपर्ने पैसाले आफ्नै स्वदेशी क्लबमा धेरै काम गर्न सकिने गुप्ताले बताए । विभिन्न शिर्षक र नामबाट गरिने खर्चले नेपाली युवा जगत समस्यामा पर्दै गएको पनि उनले बताए ।

    आजकै मितिदेखि लायन्स क्लब छाडेको उनले बताए । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्ध आजदेखि खारेज गरेको शनिबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

    क्लबमा रहेर छोटु बचाउ अभियान, औषधी उपचारसहित सामाजिक अभियानमा बाल गृह, बृद्धाश्रम लगायतमा पनि सहयोग गर्दै आएको क्लबका अध्यक्ष दिनेश गुप्ताले बताए ।अब नेपाली क्लबको नाम र विधानका बारेमा छलफल अगाडी बढाएर पालिका र जिल्ला प्रशासन कार्यालयमा दर्ता अगाडी बढाउने तयारी भएको साविक क्लबका उपाध्यक्ष गौतम गुप्ताले बताए । 

     नेपाली क्लब गठनमा लाग्दा अत्यन्तै खुशी लागेको आयोजकले जनाएका छन । पत्रकार सम्मेलनमा उनीहरुले आजदेखि क्लबका सदस्य लायन्सका नामबाट गरिने सबै प्रक्रिया बन्द र रद्द गरिएको जानकारी दिएका छन् ।