शुक्रवार , चैत्र १८, २०७८
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणका निम्ति आज अपराह्न नयाँदिल्लीतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने गरी तोकेकी छन् ।
नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी मन्त्री खाँणलाई राष्ट्रपति भण्डारीले तोकेकोको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij