२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

"चुनावमा गठबन्धन एकतावद्ध भएर अगि बढ्छ"- प्रधानमन्त्री देउवा

बिहिवार , चैत्र १७, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन एकतावद्ध भएर बढ्ने स्पष्ट पारेका छन् । 

    रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवमा राजधानीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गठबन्धन एकतावद्ध भएर बढ्ने स्पष्ट पारेका हुन् । गठबन्धनमा रहेको सवै दलको सहयोगमा आफु प्रधानमन्त्री भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले चुनावमा पनि एकतावद्ध भएर अगाडि बढ्ने धारणा राखे ।

    आफूहरु सबै अप्ठ्याराहरुलाई छिचोल्दै अगाडि बढेको र भविष्यमा पनि समस्याको समाधान गरेर बढ्ने उनको भनाई छ । त्यस्तै उनले चुनावलाई स्वतन्त्र र भयरहित बनाउन आफू गम्भीर भएर लागेको बताए । देउवाले मिडियामा मिथ्या र भ्रामक समाचारहरुप्रति गम्भीर हुनुपर्ने उल्लेख गरे ।