२०८२, फाल्गुण २६ गते

Mar 10 2026 | २०८२, फाल्गुण २६ गते

तिलोत्तमामा २५६ जना राप्रपामा प्रवेश

बिहिवार , चैत्र १७, २०७८

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, १७ चैत ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी २५६ जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । राप्रपा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ र १५ को आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा २५६ जना राप्रपामा प्रवेश गरेका हुन् ।

    राप्रपा तिलोत्तमा नगर अध्यक्ष राधिका पाण्डेको अध्यक्षता तथा पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्यहरु नानुमैया दाहाल, वसन्त विक्रम शाही, स्वाती थापा, लुम्बिनी प्रदेश प्रवक्ता दीपक पाण्डे, प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सचिव बलराम शर्मा, जिल्ला सदस्यहरु अरुण शाही, गोपी पाण्डे, रुक्मांगत पाण्डे, क्षेत्र नम्बर २ का अध्यक्ष प्रेम नारायण चौधरी, ३ का अध्यक्ष राम बहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सञ्चालन चेतनारायण कंडेलले गरेका थिए ।