
बुधवार , चैत्र १६, २०७८
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर बिभिन्न काम गरेको बताए ।
त्यस्तै उनले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी सरकारले काम गरिरहेको धारणा राखे । उनले लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतले खेलेको भूमिकाको प्रसंसा गरे ।
कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार नीतिको कार्यान्वयनका लागि आवश्यक ऐन कानून बनाउनुपर्नेमा जोड दिऐ । त्यस्तै अन्य सहभागीहरुले कोरोना प्रभावित पत्रकारहरुका लागि आवश्यक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij