२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भैरहवामा ‘दोस्रो इन्टर लायन्स सुपर सिक्स नकआउट क्रिकेट टुर्नामेन्ट’ हुँदै

बुधवार , चैत्र १६, २०७८

भैरहवा, १६ चैत्र। लायन्स क्लब अफ भैरहवा बोमीयन्सको आयोजनामा भैरहवामा ‘दोस्रो इन्टर लायन्स सुपर सिक्स नकआउट क्रिकेट टुर्नामेन्ट’ हुने भएको छ। अगिल्लो वर्ष पनि आयोजना गरिएको क्रिकेट प्रतियोगितालाई निरन्तरता दिदै यस वर्ष पनि उक्त प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ । 

प्रतियोगिता चैत्र १९ गते शनिबार भैरहवास्थित सिद्धार्थ रंगशालामा हुने क्लबका संस्थापक अध्यक्ष क्रितेश कुमार श्रेष्ठले बताए । एकैदिनमा सम्पूर्ण चरणको खेलहरु बिहान ८ बजेदेखि सुरु गरी क्वार्टर फाइनल, सेमीफाइनल र फाइनल खेलहरु सोही दिनमै समापन गरिने श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा १० वटा टीमको सहभागिता रहने कार्यक्रम संयोजक अभिजित भुषालले बताए । प्रतियोगितामा लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी, लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टेनीयल, लायन्स क्लब अफ सिद्धार्थनगर गौतम बुद्ध, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभ, लायन्स क्लब अफ लुम्बिनी ईन्जिनीयर्स, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ भलवारी, लायन्स क्लब अफ प्रोफेस्नलस्, लायन्स क्लब अफ भैरहवा बोमियन्स् र लायन्स क्लब अफ भैरहवा ग्रिन सिटी रहने जानकारी दिए। 

प्रतियोगिताको मुख्य प्रायोजक न्यु सारथी श्री सप्लायर्स रहेको उनले बताए । प्रतियोगिता आईसीसी सुपर सिक्सेज टुर्नामेन्टको नियमअनुसार सञ्चालन हुने र यसको लागि नेशनल अम्पायरहरुको निर्देशन र उपस्थितिमा हुने उनले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई तथा उपविजेतालाई नगद पुरस्कारका साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट ब्याटस्म्यान, बेष्ट बलर, बेष्ट फिल्डर, अनुशासित र दर्ता गर्ने पहिलो टीमलाई पुरस्कृत गरिने उनले बताए ।

सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरुबीच आपसी भाइचारा स्थापित गर्दै मजबुत सम्बन्ध विकास गर्नको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए ।