२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

टिप्परको ठक्करबाट रुपन्देहीमा ८ वर्षिय बालकको मृत्यु

सोमवार , कार्तिक १७, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १७  कार्तिक ।
    रुपन्देहीमा टिप्परको ठक्करबाट ८ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–८ का रघुबिर हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    मायादेवी गाउँपालिका–८ स्थित विश्वकर्मा मन्दिर नजिकै लुम्बिनी भैरहवा सडकखण्डमा लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु १ क ११७४ नम्बरको टिप्परले सोमबार ठक्कर दिदा पैदलयात्री रघुबिरको घटनास्थलमा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) खड्क बहादुर खत्रीले जानकारी दिए । टिप्पर र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको खत्रीले बताए ।