२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ

बुधवार , चैत्र १६, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौँ। सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । 

    बुधबार सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थीतमा कामू प्रधानन्यायधिश  दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाएका हुन् । कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थीति रहेको थियो ।

    यसअघि मंगलबार संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त गरेका थिए । विराटनगर उच्च अदालतका न्यायाधीश रहेका श्रेष्ठ फागुन ६ मा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका थिए ।