२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

परराष्ट्रमन्त्री खड्का द्विपक्षीय भेटवार्तामा व्यस्त

मंगलवार , चैत्र १५, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १५ चैत। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८ औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्का आज बिहानैदेखि द्विपक्षीय भेटवार्तामा व्यस्त भएका छन् । 

    आज बिहान उनले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गरेका थिए भने अपराह्न बङ्गलादेश र थाइल्याण्डका विदेशमन्त्रीलाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय एवं बहुपक्षीय चासोका विविध विषयमा विचारविमर्श गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्री खड्काले थाइल्याण्डका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री दोन प्रमुदिनाइ र बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमनसँगको भेटमा व्यापार, लगानी तथा पर्यटन प्रवद्र्धनबारे छलफल गरेका थिए । 

    यसैबीच, मन्त्री खड्काले मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै बिम्स्टेकको पुनरुत्थानका लागि नवीकरणीय सङ्कल्प, सामूहिक प्रतिबद्धता र ठोस कार्यमा जोड दिए । सङ्गठनलाई गतिशील तुल्याउन वर्तमान चुनौतीअनुरुप नवीन मार्गहरू पहिल्याउनुपर्ने उनले बताए । रासस