images

शुक्रवार, बैशाख १४ गते २०८१

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

images
images
images
मंगलवार, चैत्र १५ २०७८
मंगलवार, चैत्र १५ २०७८
  • युक्रेन र रुसबीच मङ्गलबार नयाँ चरणको शान्ति वार्ता हुँदै

    लिमा, १५ चैत। युक्रेन र रुसले मङ्गलबार टर्कीको इस्तानबुल शहरमा अर्को चरणको शान्ति वार्ता शुरु गर्ने युक्रेनी सरकारद्वारा सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले सोमबार जनाएको छ।

    images

    स्थानीय समय अनुसार बिहान १०:३० बजे (०७३० GMT) शुरु हुने वार्ता अघि युक्रेनी र रुसी प्रतिनिधिमण्डलका सदस्यहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग भेट गर्ने कार्यक्रम तय भएको पनि जनाइएको छ।

    यसअघि सोमबार युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्ता गरेका थिए र बैठकको आयोजना गरेकामा टर्कीको प्रशंसा समेत गरेका थिए।

    "मलाई आशा छ टर्कीको मध्यस्थतामा जारी वार्ताहरूले युक्रेनको शान्ति र हाम्रो सुरक्षाको हितमा परिणाम ल्याउनेछन्", कुलेबाले ट्वीट गरेका छन्। रुसी प्रतिनिधिमण्डल सोमबार इस्तानबुल आइपुगेको समाचारमा उल्लेख छ।

    युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले प्रत्यक्ष वार्ताको तीन चरणहरू पार गरेका छन्  भने चौथो चरण भिडियो मार्फत भएको थियो। रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij