२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

हावाहुरीसहित वर्षाको सम्भावना

मंगलवार , चैत्र १५, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौँ, १५ चैत। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । 

    जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ । 

    राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र  गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित÷चट्याङ र हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रासस