
मंगलवार , चैत्र १५, २०७८
झापा, १५ चैत. प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले सुरक्षाकर्मीको सुरक्षा गरेमा सुरक्षाकर्मीले आम नागरिकहरूको सुरक्षा गर्न सक्ने हुँदा उनीहरूको गाँस, बास र कपासलगायत आधारभूत आवश्यकतामा ध्यान दिनु सरकारको दायित्व भएको बताP ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उgले सुरक्षार्कीको आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताP । त्यस अवसरमा मन्त्री कार्कीले जग्गादाता तथा निर्माणकार्यमा सहयोग पु¥याउनुहुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा सम्मान प्रदान ग/]sf lyP । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट रु एक करोड ८८ लाख ८५ हजार ५७७ को लागतमा कार्यालय भवन, ब्यारेक, भान्साघर तथा शौचालयको भवन निर्माण भएको छ ।
कार्यक्रममा प्रदेश नं १ प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसीले भवनको निर्माणमा प्रत्यक्ष–अप्रत्यक्षरूपमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद दिP । कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी, प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्रलायका सचिव कालीप्रसाद पराजुली, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी फणिन्द्र थापालगायतको उपस्थिति थियो . /f;;
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij