images

सोमवार, बैशाख १७ गते २०८१

आजदेखि भैरहवामा उपप्रमुख महिला कप 

आजदेखि भैरहवामा उपप्रमुख महिला कप 

images
images
images
सोमवार, चैत्र १४ २०७८
सोमवार, चैत्र १४ २०७८
  • आजदेखि भैरहवामा उपप्रमुख महिला कप 

    भैरहवा, १४ चैत ।
    सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सामूहिक विद्यालय परिवार रुपन्देहीको व्यवस्थापनमा चैत १४ गते सोमबार (आज) देखि तेस्रो उपप्रमुख महिला कप प्रतियोगिता–२०७८ हुने भएको छ । 

    images

    चैत्र १४ गते सोमबार बिहान १० बजे लुम्बिनी गेटबाट झाँकी ¥यालीसहित बजार परिक्रमा गरी भैरहवाको शान्तिनगरस्थित संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा मध्यान्ह १२ बजे उद्घाटन हुने कार्यक्रम रहेको नगर उपप्रमुख उमा काफ्लेले बताइन् । २०७६ सालबाट सुरु भएको प्रतियोगिता अन्तर्गत यो तेस्रो संस्करण भएको उनले पत्रकार सम्मेलनमार्फत जानकारी गराइन् । 

    प्रतियोगितामा विभिन्न खेलहरु एथलेटिक्स, चित्रकला, वक्तृत्वकला प्रतियोगिता लगायत रहने सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष मनोज कुमार यादवले बताए । नगरभित्रका कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थी सहभागी हुने यादवले बताए । ७३ वटा विद्यालय सहभागी हुने खेल प्रतियोगितामा करिब १० लाख खर्च लाग्ने अनुमान गरिएको परिवारका सचिव चन्द्र प्रकाश न्यौपानेले बताए ।

    प्रतियोगितामा विजेता खेलाडी विद्यार्थीलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने न्यौपानेले बताए । उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री पुर्मति ढेंगा, संविधानसभा सदस्य आदित्य नारायण कसौधन, इस्तियाक अहमद खान लगायतका व्यक्तित्व आउने उपप्रमुख काफ्लेले बताउनु भयो । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij