
आइतवार , चैत्र १३, २०७८
रुपन्देही, १३ चैत ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ३ अन्तर्गत रहेको पशुपति टोल विकास समितिको प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले रमेश थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा वासुदेव भण्डारी, सचिवमा अम्बिका आचार्य खनाल र कोषाध्यक्षमा पिताम्बर खनाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा रुन्जाता सुवेदी, उमाकुमारी दुवे, सरस्वती अर्याल, सरस्वती उपाध्याय, मोतिलाल शर्मा, पवित्रा भण्डारी, शान्ति गिरी, आशा पाण्डे, सुवास रसाइली, विजय दाहाल र अम्मर बहादुर गोलाङ रहेका छन् ।
त्यस्तै सल्लाहकारमा अर्जुन सापकोटा, चन्द्रकान्त खनाल, कृष्णलाल रसाइली र चन्द्रकान्त खनाल रहेको समितिका अध्यक्ष रमेश थापाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij