आइतवार , चैत्र १३, २०७८
बुटवल । यातायात व्यबस्था कार्यालय बुटवल, लिखित परिक्षा शाखाबाट संचालन भएको सवारी चालक अनुमति पत्रको लिखित परिक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परिक्षार्थी पक्राउ परेका छन।
शनिबार भएको परीक्षामा अर्कैको नाममा परीक्षा दिने ३ जनालाई ईलाका प्रहरी कार्यालय बुटवलको टोलिले पक्राउ गरेको हो।
रुपन्देही शुद्धोधन गाउँपालिका वडा नं.६ बस्ने बर्ष २५ को राम आशिष लोध, जिल्ला अर्घाखाचि मालारानी गाउँपालिका वडा नं.४ बस्ने बर्ष २३ को सुशिल पोख्रेल, जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष १९ को सुर्य प्रकाश धोवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनिहरुलाई पक्राउ गरी सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij