
शनिवार , चैत्र १२, २०७८
तिलोत्तमा, १२ चैत ।
तिलोत्तमा मिडिया क्लबको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशनले बीपी गौतमलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । यसअघि उपाध्यक्ष रहेका गौतम अध्यक्षमा चुनिएका हुन् ।
अधिवेशनले उपाध्यक्षमा टिआर शर्मा, सचिवमा डिआर बन्जाडे, सहसचिवमा कल्पना तिवारी र कोषाध्यक्षमा बिन्दु भट्टराईलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा भगवति पाण्डे, प्रकाश गौतम, सन्जु पौडेल र सिता काफ्ले चयन भएको निर्वाचन समिति संयोजक दिनेश पाण्डेले जानकारी दिए ।
अधिवेशनको बन्दसत्रले अध्यक्ष लक्ष्मण पौडेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन र कोषाध्यक्ष कल्पना तिवारीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij