images

शनिवार, बैशाख २२ गते २०८१

अनलाईन मिडियालाई पनि लोक कल्याणकारी बिज्ञापन दिने तयारी गर्दैछौः बस्नेत

अनलाईन मिडियालाई पनि लोक कल्याणकारी बिज्ञापन दिने तयारी गर्दैछौः बस्नेत

images
images
images
शनिवार, चैत्र १२ २०७८
शनिवार, चैत्र १२ २०७८
  • अनलाईन मिडियालाई पनि लोक कल्याणकारी बिज्ञापन दिने तयारी गर्दैछौः बस्नेत

    तिलोत्तमा, १२ चैत । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाईन मिडियाहरुको नियमनमा काउनसिल लागिरहेको बताएका छन् ।

    images
    images
    images

    तिलोत्तमा मिडिया क्लावको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले अनलाईन मिडियाहरुलाई थप व्यस्थित बनाउनु पर्ने आवश्यकतामा जोड दिए । 

    उनले आधुनिक प्रविधिलाई आत्मसात गर्दै नयाँ मिडियालाई व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए । व्यवस्थीत रुपमा सञ्चालनमा रहेका अनलाईन मिडियालाई पनि लोक कल्याणकारी बिज्ञापन दिने बिषयमा अध्ययन गरिरहेको बताउदै गलत गर्ने अनलाईन मिडियालाई थप कडाई गर्ने उल्लेख गरे। 

    कार्यक्रममा बोल्दै संविधानसभा सदस्य विनोद पहाडीले मिडिया हाउसहरू प्रवद्र्धन हुने गरी नीति बनाउन आग्रह गरे। उनले समयको माग अनुरुप समाजिक संजालसमेतको नियमन आवश्यक भएको बताए । 

    साधारणसभाको अवसरमा ज्ञानकाशी स्मृति पत्रकारी पुरस्कारबाट पत्रकार टिकाराम घिमिरे सम्मानित भएका छन् । घिमिरेलाई प्रमुख अतिथि बस्नेतले नगद तथा प्रमाण पत्रले सम्मान गरे ।

    क्लवका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, उपाध्यक्ष वीपी गौतमको स्वागत, सचिव टीआर. शर्माको संचालन भएको साधारण सभामा अकोरावका पूर्वअध्यक्ष मोहन चापागाईं, पत्रकार महासंघका पुर्व अध्यक्ष  शेरबहादुर केसी, तिलोत्तमा मिडिया क्लवका सल्लाहकार दिनेश पाण्डे, निर्वाचन मण्डल सदस्य घनश्याम गौतम, मिनाक्षी न्यौपाने, नेकपा एमाले तिलोत्तमा नगर कमिटी सचिव मीनप्रसाद पोखरेल, माओवादी केन्द्रका धनबहादुर गुरुङ, यातायात मजदूर तथा व्यवसायी भलाई कोषका अध्यक्ष दिनेश फुल्लेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भुवन कार्की, नेपाल प्रेस युनियन रुपन्देहीका उपसभापति दिपक घिमिरेलगायतले शुभाकामना दिएका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij