२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

सैनामैना निर्माण व्यवसायी संघको अध्यक्षमा पन्त 

शनिवार , चैत्र १२, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • रुपन्देही, १२ चैत ।
    सैनामैना निर्माण व्यवसायी संघको अध्यक्षमा कन्स्ट्रक्शन प्रा.लि.का सञ्चालक सुमन पन्त चयन भएका छन । शुक्रबार सैनामैनामा उपलब्ध  रहेका निर्माण व्यवसायीहरुको भेलाले पन्तलाई अध्यक्षमा चयन गरेको हो । जसको उपाध्यक्षमा दिपेन्द्र सुवेदी, देवी कंडेल र गोविन्द पराजुली रहेका छन भने सचिवमा सौगात गौतम र प्रशान्त अर्याललाइ चयन गरिएको छ । त्यसै गरी सह–सचिवमा अशोक बस्याल,  प्रदिप पन्थ, कोषाध्यक्षमा शुशिल बस्याल रहेका छन् । सदस्यहरुमा नेत्र न्यौपाने, रामु ज्ञवाली र आशिष ज्ञवाली रहेका छन् । 

    सैनामैनामा निर्माण व्यवसायीहरुको एकताबद्ध गर्न सघंको स्थापना गरिएको अध्यक्ष सुमन पन्तले जानकारी दिए । लामो समयदेखि निर्माण व्यवसायमा आबद्ध पन्तले निर्माण सामाग्रीको चरम मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरुले कन्स्ट्रक्सन होलिडेको तयारी गरिरहेको समेत बताए ।

    277082239_1039506046938598_3429148595198971239_n.jpg