२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

१६ औं मनमोहन स्मृति वडास्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता–२०७८

वडा नम्बर ५ र ८ विजयी

शुक्रवार , चैत्र ११, २०७८

बुटवल, ११ चैत ।
बुटवलमा जारी १६ औं मनमोहन स्मृति वडास्तरीय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ मा वडा नम्बर ५ र वडा नम्बर ८ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ, नेपाल उपमहानगरपालिकाको आयोजनामा सिद्धेश्वर खेलमैदानमा भएको बिहीबारको पहिलो खेलमा वडा नम्बर ६ माथि ६–३ गोल अन्तरको जित निकाल्दै वडा नम्बर ५ दोस्रो चरणमा प्रवेश गरेको हो । वडा नम्बर ५ को जितमा अवेश शाहीले खेलको १५, ४२ र ४९ औ मिनेटमा गोल गरेका थिए । त्यसै गरी समिर दगामीले ४५ र ६० औ मिनेटमा तथा सन्जु नेपालीले खेलको १८ औं मिनेटमा गोल गरेका थिए । वडा नम्बर ६ का ओसिल श्रेष्ठले खेलको १९, विवेक स्याङजालीले २८ र अनुप थापाले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए । खेलमा वडा नम्बर ५ का अवेस शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए । 

त्यसै गरी दोस्रो खेलमा वडा नम्बर ८ ट्राईबेकरमा विजयी भएको छ । निर्धारित समय खेल गोलरहित बराबरी भए पनि खेल ट्राईबेकरमा धकेलिएको थियो । वडा नम्बर १८ लाई पेनाल्टी शुट आउटमा ५–४ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ दोस्रो चरणमा प्रवेश गरेको हो ।  

खेलमा वडा नम्बर ८ का क्याप्टेन निरज थापा म्यान अफ द म्याचबाट पुरस्कृत भए । प्रतियोगिताको उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टीमलाई नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष सुदर्शन खाम्चाले बताए । त्यसै गरी विधागत रुपमा समेत खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । कोभिड–१९ संक्रमणबाट हरेक क्षेत्र प्रभावित भएसंगै खेल क्षेत्र पनि शून्य रहेको उनले बताए । नियमित प्रतियोगिता समेत ३ वर्षको अन्तरालमा आयोजना गर्न लागिएको उनले बताए ।