images

शनिवार, बैशाख २२ गते २०८१

रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुँदै

रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुँदै

images
images
images
शुक्रवार, चैत्र ११ २०७८
शुक्रवार, चैत्र ११ २०७८
  • रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा हुँदै

    परासी, ११ चैत ।
    पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले तोकिएको बालमैत्रीका ५१ वटै सुचक पुरा गरेपछि बालमैत्री नगरपालिका घोषणाको तयारीमा पुगेको छ । बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तोकिएको ५१ वटा बालमैत्रीका सुचक पुरा भएपछि नगरपालिका यही चैत २० गते बालमैत्री नगरपालिकाको रुपमा घोषणा हुन लागेको हो ।

    images
    images
    images

    रामग्राम नगरपालिकालाई बालमैत्री नगर बनाउन विगत ५ वर्ष अघिदेखि चल्दै आएको बालमैत्री अभियानले सफलता पाएपछि रामग्रामलाई बालमैत्री नगरपालिका घोषणा गर्न लागिएको रामग्राम नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले सम्मेलनमा बालमैत्री नगरपालिका घोषणाको सबै तयारी समेत पुरा भइसकेको बताउँदै घोषणाका लागि लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसी आउने र यस घोषणा समारोहमा सबै नगरबासीको महत्वपूर्ण उपस्थितिका लागि आग्रह गरे ।

    यो नगरपालिका बालमैत्री घोषणा भएपछि जिल्लाको दोस्रो बालमैत्री नगरपालिका हुनेछ । नेपालकै पहिलो बालमैत्री नगरपालिका यसै जिल्लाको पहिलो बालमैत्री नगरपालिका सुनवल रहेको छ ।

    रामग्राम नगरपालिकामा कुल १८ वटा वडाहरु रहेको र सबै वडामा बालमैत्री स्थानीय शासनका ५१ वटै सुचकहरु पुरा भएपछि लुम्बिनी प्रदेश सरकारले बालमैत्री नगर घोषणाका लागि स्वीकृति दिएपछि नगर घोषणा हुन लागेको छ । 

    बालमैत्री स्थानीय शासनका क्षेत्रहरुमध्ये बालबचाउ, बाल संरक्षण, बालविकास, बाल सहभागिता र संस्थागत विकासका गरि कुल ५१ वटा सुचकहरु छन् जुन ५१ वटै सूचकहरुमध्ये कुनै सुचक ८० प्रतिशत, कुनै ९० र कुनै सुचकमा १०० प्रतिशत उपलब्धी रहेको नगर शिक्षा अधिकारी एवं बालमैत्रीका फोकलपर्सन रुद्र प्रसाद रेग्मीले जानकारी दिए ।

    नगर शिक्षा अधिकारी रेग्मीले आगामी ५ वर्षका लागि ७ करोड बढि बजेटको बालमैत्रीका रणनैतिक योजनाहरु समेत बनाई सकिएको र यसको निरन्तरता र दिगोपनाका लागि आवश्यक जनशक्ति र बजेटहरुको व्यवस्थापन समेत गर्ने योजना बनिरहेको जानकारी दिए ।

    रामग्राम नगरपालिकामा विद्यालय र टोल गरी १०२ वटा बाल क्लबहरु रहेका छन् । जसमा वडास्तरीय १८ वटा बालक्लब र नगरस्तरीय बाल संजाल १ वटा रहेका छन् ।  नगरपालिकामा १८ वर्ष मुनीका बालबालिकाको संख्या कुल २० हजार ८ सय २६ रहेको छ । यो अभियान सफल पार्न नगरपालिकाले हरेक वडामा बाल सहजकर्ता तथा बालमैत्री स्वयंसेवक परिचालन गरेको थियो । रामग्राम नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएपछि पालिकाको संस्थागत विकासको एउटा खुडकिला पार गर्ने विश्वास रहेको छ । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij