२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

खजहना आधारभूत विद्यालय नयाँ भवनमा 

शुक्रवार , चैत्र ११, २०७८

भैरहवा, ११ चैत ।
सिद्धार्थनगर नगरपालिकाद्धारा निर्मित खजहना आधारभूत विद्यालय भवनको बिहीबार उद्घाटन भएको छ । भवनको एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, खेलकुदसहित पर्यटनमा जोड दिदै अन्तिम समयसम्म समाजसेवामा समर्पित हुने बताए । नगर उपप्रमुख उमा काफ्लेले विद्यालयमा हुनुपर्ने चारवटा खम्बाको बारेमा चर्चा गरिन् । 

नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले विद्यालय २ तलाबाट थप गर्ने योजनासहित २२ लाखमा टेण्डर भएको बताए । भुँइतला र प्रथम तला गरी ६ कोठे भवन अहिले १ करोड ९ लाखको इष्टिमेटमै निर्माण भएको उनले जानकारी दिए । 

276118599_3228262654062255_1282495382723160391_n.jpg

 

कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सिद्धार्थनगर वडा नम्बर ८ का सदस्य उमेश थापा, नेकपा (एमाले) सिद्धार्थनगर–३ का अध्यक्ष गणेश बेल्बासे, नेकपा (माओवादी केन्द्र)का केशव कुंवर, लोकतान्त्रिक समाजवादी पार्टीका सत्य नारायण गुप्ता, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र मिश्र लगायतले बोल्दै पानीको तलाउमा रहेको विद्यालयले काँचुली फेरेको बताए ।

कार्यक्रममा विद्यार्थीलाई संगित र बाजा सिकाउन बाजा सेट पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेलेको अध्यक्षता, वडा सदस्य रुपमाया पुनको स्वागत तथा नगरपालिकाका वरिष्ठ अधिकृत शेखरनाथ पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।