बिहिवार , चैत्र १०, २०७८
भैरहवा, १० चैत ।
सिद्धार्थनगर नगरपालिकाद्वारा निर्मित ७ नम्बर वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच वडा कार्यालय भवनको उद्घाटन गरिएको हो । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले कार्यालय भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य, वातावरण, पूर्वाधार लगायतका क्षेत्रमा नगरपालिकामा धेरै काम भएको बताए । उनले नगर सरसफाईमा नगरबासीको सहयोग भएको बताए । उनले भने, ‘सबैले आ–आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ ।’
नगर उपप्रमुख उमा काफ्लेले वडा कार्यालय बनाउन स्थानीयको धेरै सहयोग रहेको बताइन् । उनले भनिन्, सबै वडामा वडा कार्यालय भवन बनाउँदैछौं ।
नगरपालिकाका वरिष्ठ इञ्जिनियर जीवन अर्यालले ६४ लाखको लागतामा सुविधासम्पन्न कार्यालय भवन निर्माण गरिएको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थीले वडा कार्यालय सञ्चालनमा धेरै चुनौती भएको र अहिले भएको जमर्को सराहनीय रहेको बताए ।
नेपाली काँग्रेसका महासमिति सदस्य दीपक क्षेत्री न्यौपानेले धेरै समयपछि वडा कार्यालयले आफ्नै भवन पाएको बताए ।
नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश सदस्य डा. ऋषिराम पाण्डेले सुरक्षित र शान्ति रुपमा निर्वाचनमा मतदान गर्न पाउनुपर्ने बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर कमिटी अध्यक्ष चन्द्रभक्त श्रेष्ठले वडाबासीलाई दिनुपर्ने सेवा सहज रुपमा दिनुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भिमसेन कुमार कर्माचार्यको अध्यक्षता, वडा सदस्य हरि प्रसाद काफ्लेको स्वागत तथा नगरपालिकाका वरिष्ठ अधिकृत शेखरनाथ पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij