बिहिवार , चैत्र १०, २०७८
भैरहवा । मायादेवी गाउँपालकिा वडा नम्बर ८ मा विभिन्न पार्टी परित्याग गरी दर्जनौं संख्यामा कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार मतकोलहवामा पार्टीको "घर घर जाउँ नेपाली कांग्रेस जिताउ" अन्तर्गतको कार्यक्रममा दुई दर्जन भन्दा बढी संख्यामा कांग्रेस प्रवेश गरेका हुन्।
कार्यक्रममा बोल्दै पार्टीका महासमिति सदस्य समेत रहेका मायादेवी गाउँपालीकाका अध्यक्ष ध्रुवनारायण चौधरीले रुख चिन्हमा मतदान गरी वडा र पालिकामा कंग्रेसका उम्मेदवारलाई जिताउन अपिल गरेका थिए ।
कांग्रेस मायादेवी–८ का सभापति तिल बहादुर रायमाझीको सभापतित्व, पार्टीका महासमिति सदस्य तथा मायादेवी गाउँपालकिाका अध्यक्ष ध्रुवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेताहरु दल बहादुर बि.क., पशुपति न्यौपाने, अर्जुन कार्की, श्याम प्रसाद श्रेष्ठ, विक्रम बहादुर सुनार लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेस मायादेवी–८ का सचिव सन्देश रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij