२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

फोनिजको अध्यक्षमा गजुरधन राई निर्वाचित

बुधवार , चैत्र ९, २०७८

चितवन, ९ चैत ।
आदिवासी जनजाति पत्रकारहरूको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौँ संघीय महाधिवेशनबाट अध्यक्षमा गजुरधन राई निर्वाचित भएका छन् । चितवनको सौराहामा सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा लक्की चौधरी, उपाध्यक्ष (खुला) मा अमरध्वज लामा, उपाध्यक्ष (संस्थागत) मा जगत दोङ, उपाध्यक्ष (महिला) मा सरु राना र उपाध्यक्ष (अल्पसंख्यक) मा कमन देवान निर्वाचित भएका छन् ।

त्यसै गरी महासचिवमा मिलन लिम्बू, सचिव (खुला) मा बुद्धवीर बाहिङ राई‚ सचिव (खुला)मा समीर बलामी‚ सचिव (खुला) मा विश्वराज तामाङ‚ सचिव (महिला) मा अञ्जना शिल्पकार‚ सचिव (संस्थागत) मा छेटु शेर्पा र सचिव (अल्पसंख्यक) यमन दनुवार निर्वाचित भएका छन् ।

त्यस्तै कोषाध्यक्षमा चित्रबहादुर गुरुङ (लाला) र सह–कोषाध्यक्ष सञ्चु ब्लोन तामाङ निर्वाचित भएका छन् । संस्थागत सदस्यहरूमा लिम्बुबाट देवेन्द्र खापुङ, शेर्पाबाट निम्लेकी शेर्पा, नेवाःदबुबाट सुनिल महर्जन, थारुबाट सन्तकुमार चौधरी, गुरुङबाट चित्रबहादुर गुरुङ, तामाङबाट नेत्र तामाङ र राईबाट प्रकाश राई निर्वाचित भएका छन् ।

त्यसै गरी केन्द्रीय सदस्यतर्फ प्रदेश १ इञ्चार्जमा भक्तशेर लिम्बू, मधेस प्रदेश इञ्चार्जमा नीरज पिठाकोटे, बागमती प्रदेश इञ्चार्जमा पेमा लामा, लुम्बिनी प्रदेश इञ्चार्जमा यमबहादुर गाहा, कर्णाली प्रदेश इञ्चार्जमा बुद्धिमान पुन मगर, सुदूर पश्चिम इञ्चार्जमा भीमबहादुर चौधरी निर्वाचित भएका छन् ।  

खुला सदस्यहरूमा बुद्ध योन्जन, हर्कबहादुर घर्ती, लोकेश लिबाङ, गजेन्द्र राई, कमलसिंह थारु मतदानबाट निर्वाचित भएका छन् । महिलामा सुनिता महर्जन, स्मृति रोका मगर, रचना श्रेष्ठ, सुजता लिम्बू, मञ्जु श्रेष्ठ, बिना राई, रोषणी कुँवर सर्वसम्मत चयन भएका छन् ।

274955752_227956239516097_2988797094108926770_n.jpg

अल्पसंख्यक केन्द्रीय सदस्यमा विदुर खवास र उद्धव चेपाङ चयन भएका छन् । लेखा समिति संयोजकमा चन्द्र पन्दाक लिम्बू प्रयास र सदस्यहरूमा उर्मिला गम्बा थारु र भकेन्द्र लावती विजयी भएका छन् ।