
मंगलवार , चैत्र ८, २०७८
रुपन्देही, ८ चैत ।
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सुरजजंग खत्रीलाई सम्मान गरेको छ । अपराध नियन्त्रण तथा रोकथाम गरी यस क्षेत्रका आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सफल भएको भन्दै स्थानीय सरकार कोटहीमाई गाउँपालिकाले खत्रीलाई प्रंशसापत्रद्वारा सम्मान गरेको हो ।
बृहत समुदाय सुरक्षा योजना अभियान–सि.टु.एस.ए.सी कार्यक्रममार्फत सुरक्षित समाज निर्माण गर्न निर्णायक भूमिका निर्वाह गरेको भन्दै स्थानीय तह प्रहरी साझेदारी अभियानको समापन समारोहमा कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बनिया, रुपन्देही जिल्ला प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले संयुक्त रुपमा प्रहरी निरीक्षक क्षेत्रीलाई सम्मान गरेका हुन् ।
प्रहरी निरीक्षक खत्रीले अवैध रुपमा हुने तस्करीलाई रोक्दै विद्यालयस्तरमा सचतेनामुलक कार्यक्रम पनि सञ्चालन गर्दै आएका छन् । यति मात्र होइन कोरोना महामारीका बेला मास्क बैंक नै स्थापना गरी निःशुल्क रुपमा मास्क, सेनिटाईजर लगायत सामग्री वितरण समेत गरेका हुन् ।
साहसिक कार्य गरेको भन्दै दुईपटक जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालिन प्रहरी उपरीक्षक मनोज कुमार के.सी.ले उत्कृष्ट प्रहरी घोषित गरी सम्मान गरेका थिए । समाजमा अमयनचयन कायम गर्दै आएकाले मझगावाँ क्षेत्रका जनतामाझ निडर प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक खत्री परिचित हुँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij