मंगलवार , चैत्र ८, २०७८
बुटवल । स्वदेशमै अन्तर्राष्ट्रिय सुविधा सहितको शिक्षा दिदैँ आएको काठमाडौँ वर्ल्ड स्कुलले बिगतका बर्षमा जस्तै यसबर्षपनि नेपाल टुर सुरु गर्ने भएको छ । चितवन,बुटवल र भैरहवामा टुर मार्फत स्वदेशी शिक्षा प्रर्वधन अभियान चलाउन लागिएको स्कुलले जनाएको छ ।
स्वदेशमै गुणस्तरीय शिक्षाको खोजिमा रहेका विद्यार्थीलाई लक्षित गरी नेपाल टुर गर्न लागेको हो । चैत १२ गते चितवनको ग्लोबल होटलमा ,११ गते बुटवलको ड्रिम इन्टरेनशनल होटलमा विहान ८ बजे,र सोहि दिन ३ बजे भैरहवाको होटल पौवामा मिनी शैक्षिक मेला हुने छ।
मेलामा अभिभावक, विद्यार्थी, शिक्षा क्षेत्रका सरोकारवालाहरुबीच स्वदेशी शिक्षा प्रर्वद्वनबारे समेत छलफल हुने छ । नेपाल टुर मार्फत स्कुलको शैक्षिक गतिविधिबारे बुझाइने छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij