२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

माओवादी केन्द्र रुपन्देहीका जिल्ला सदस्य लोसपामा प्रवेश

मंगलवार , चैत्र ८, २०७८

  • 3.0K
    Shares
  • 3.0K
    Shares

  • भैरहवा, ८ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका जिल्ला सदस्य तथा गैडहवा गाउँपालिका उपाध्यक्ष कड्क बहादुर यादव (रामदयाल यादव) लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) मा प्रवेश गरेका छन् ।

    यादव माओवादी केन्द्र परित्याग गरी मंगलबार लोसपामा प्रवेश गर्नुभएको लोसपा रुपन्देहीका प्रवक्ता मोहम्मद इस्लाम खानले बताए । नेता यादवलाई लोसपा रुपन्देहीका अध्यक्ष अजय वर्मा लगायतले पार्टीमा स्वागत गरेका हुन् ।