images

बिहिवार, बैशाख २० गते २०८१

डढेलो नियन्त्रणमा जुटे उपभोक्ता

डढेलो नियन्त्रणमा जुटे उपभोक्ता

images
images
images
मंगलवार, चैत्र ८ २०७८
मंगलवार, चैत्र ८ २०७८
  • डढेलो नियन्त्रणमा जुटे उपभोक्ता

    बुटवल, ८ चैत ।
    वनलाई डढेलोबाट जोगाउन पाल्पाको तिनाउ गाउँपालिकाका सामुदायिक वनहरू एकजुट भएका छन् । गाउँपालिकाका ८७ वटा सामुदायिक वनमा हरेक वर्ष लाग्ने डढेलो नियन्त्रणका लागि सचेतना फैलाउँदै एकजुट भएका हुन् ।

    images
    images
    images

    सबै वनहरुको साझा संस्था सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले सोमबार दोभानमा डढेलो नियन्त्रणसम्बन्धी वृहत आमसभा गरी खडेरीको समयमा लाग्ने डढेलो नियन्त्रणका लागि सबै उपभोक्तालाई सचेत गराएको हो । 

    आमसभामा बोल्दै लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भू संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले डढेलो नियन्त्रणको लागि पूर्व तयारी र सचेतना आवश्यक रहेको बताए । उनले समन्वय समितिले गरेको कामको प्रशंसा गर्दै उपभोक्ताको सक्रियताले वनमा डढेलो नियन्त्रणमा सहयोग पुग्ने बताए । वनमा डढेलोले जमिन, जंगल र जनावरको क्षति हुने भएकोले उपभोक्तालाई सचेत रहन उनले आग्रह गरे ।

    पाल्पाका जिल्ला वन अधिकृत दीपक ज्ञवालीले वनको विकास डढेलो ठूलो बाधक भएको बताए । हुरी बतासको मौसम सुरु भएसंगै वन–जंगलमा फेरि डढेलो लाग्न थालेकोले उपभोक्ताको सक्रियता बढाउनुपर्ने बताए । ज्ञवालीले कार्यक्रम बनाउँदा उपभोक्ताको हित आयआर्जनसंग जोड्ने गरी ल्याउने बताए । उनले चैत महिना सुरु भएसंगै सुख्खा बढ्ने हुनाले प्रत्येक वर्ष वन–जंगलमा डढेलोका घटना बढ्ने भएकाले उपभोक्ताले ख्याल गर्नुपर्ने बताए ।

    तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले गाउँपालिकाले सबै वनहरुसँग समन्वय गरी डढेलो नियन्त्रणका लागि काम गरिरहेको बताए । डढेलोबाट वनलाई जोगाउने तयारी भने कमजोर रहेकोले वर्षेनी अमूल्य वनस्पति र वन्यजन्तु नास हुदै गएकोले सबै सचेत हुन आवश्यक रहेको बताए । उनले तिनाउ गाउँपालिकालाई हरित तिनाउ बनाउने गरी काम गरी रहेको बताए ।

    सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरूङले जल, जमिन, जंगल र जनावरको संरक्षण अहिलको दायित्व रहेको बताए । सामुदायिक वन समन्व्य समिति तिनाउ पाल्पाका अध्यक्ष पदमलाल श्रेष्ठले डढेलो नियन्त्रण शतप्रतिशत झार्न नसके पनि कम्तीमा ५० प्रतिशतमा झानुपर्ने बताए  । उनले वन जोगाउँदा वन्यजन्तु बढेको र वन्यजन्तुले उपभोक्तालाई दुःख दिएको बताउँदै राज्यले वन्यजन्तुबाट जोगाउने गरी कार्यक्रम बनाउन आग्रह गरे ।

    तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, महेन्द्र पाण्डे, कृष्ण रेग्मी उपभोक्ता सीताराम सोमरे कुमारी खड्का, दिनेश जिसी लगायतले बोल्दै उपभोक्ताको समस्या समाधानमा सरोकारवाला निकाय गम्भिर नभएकाले क्षति व्यहोर्नुपरेको गुनासो गरे ।
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij