२०८३, आश्विन १० गते

Sep 26 2026 | २०८३, आश्विन १० गते

ढुवानी व्यवसायी संघ रुपन्देहीका सल्लाहकार रामकृष्ण लोहनी राप्रपामा प्रवेश

मंगलवार , चैत्र ८, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • भैरहवा, ८ चैत ।
    ढुवानी व्यवसायी संघ, रुपन्देहीका सल्लाहकार तथा शिव ट्रान्सपोर्टका सञ्चालक, समाजसेवी रामकृष्ण लोहनी सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छ्न् । उनलाई राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ताले संयुक्त रुपमा पार्टीमा स्वागत गरे ।

    275991517_506818287489187_6651407874410150986_n.jpg

    भैरहवास्थित राप्रपा जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य विश्व प्रकाश श्रेष्ठ, रुपन्देही जिल्ला सचिव बलराम शर्मा, नेताहरु शंकर खत्री, नारायण उपाध्याय, इकबाल वारसी, वृजेश यादव, हरि के.सी. लगायतको उपस्थिति रहेको थियो ।