२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

एमाले केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय

मंगलवार , चैत्र ८, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • काठमाडौं, ८ चैत ।
    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को सोमबार सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।

    केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरुलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत कार्यसूची तय गरिएको छ ।

    सोमबारको बैठकमा उठेका विषयमा जवाफ दिँदै अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली कांग्रेससँग गठबन्धन गर्न जानेहरुसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताए । बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो । रासस