२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सिद्धार्थनगर–८ मा एमालेको टोल कमिटी गठन

सोमवार , चैत्र ७, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • भैरहवा, ७ चैत ।
    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ मा टोल कमिटी गठन गरेको छ । अञ्चलपुर, हरिकिर्तन चौक र मनमोहन पथमा नाथु चाईको अध्यक्षतामा १७ सदस्यीय टोल कमिटी गठन गरिएको एमालेले जनाएको छ ।

    कार्यक्रममा बोल्दै एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले आगामी निर्वाचनमा एमालेलाई अत्याधिक बहुमतले जिताउनुपर्ने बताए । उनले पार्टीको हरेक कमिटीहरु सधै चलायमान हुने भए पनि चुनावमा अलि बढी हुने बताए ।

    विष्णु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले रुपन्देही जिल्ला कमिटी सदस्य सीता काफ्ले, सिद्धार्थनगर कमिटीका अध्यक्ष चक्र बहादुर थापा, पूर्व क्षेत्रीय सदस्य उमेश थापा, ध्रुव अधिकारी, वडा नम्बर ८ का अध्यक्ष रामचन्द्र रेग्मी, सह–इञ्चार्ज हरि आचार्य, दिलु कुमारी कुवंर लगायतले बोल्दै पार्टीलाई जिताउन लाग्नुपर्नेमा जोड दिए ।

    त्यस्तै गरी वि.पी. पथ, पुस्तकालय पथ समृद्धि पथमा पनि टोल कमिटी गठन भएको छ । शेषकान्त न्यौपानेको अध्यक्षमा १७ सदस्यीय कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।

    कार्यक्रममा बोल्दै साहित्यकार एवं समाजसेवी रुद्र ज्ञवालीले स्थानीय निर्वाचनमा पार्टी भन्दा व्यक्ति हेर्ने भएकोले पार्टीले उम्मेदवार चयन गर्दा लोकप्रिय र जनतासंग सजिलै भिज्न सक्नेलाई उम्मेदवार बनाउँदा जित्न सहज हुने बताए ।