२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

रुपन्देहीमा नेवाः पत्रकार फोरम गठन

सोमवार , चैत्र ७, २०७८

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, ७ चैत । 
    रुपन्देहीका नेवाः पत्रकारहरुले नेवाः भाषा, संस्कृति र सम्पदाको संरक्षण गर्न भन्दै लुज फोरम गठन गरेका छन् । रुपन्देहीमा क्रियाशिल नेवाः पत्रकारहरुको भेलाले सोमबार नेवा पत्रकार फोरम गठन गरेको हो ।

    फोरम गठनका लागि भेला भएका नेवा : पत्रकारहरुले रुपन्देहीमा रहेका नेवाः संघ संस्थाहरुलाई संगठित गर्ने, भाषा संस्कृतिको सम्बद्र्धन गर्ने तथा नेवा: सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्य पुरा गर्न फोरम आवश्यक पर्ने ठहर गर्दै नेवाः पत्रकार समाज गठन गरेको भेलामा सहभागी अग्रज पत्रकार स्वस्तिक श्रेष्ठले बताए । उनले रुपन्देहीमा दजर्न बढी नेवा: संम्बद्ध संघ–संस्थाहरु रहेपनि संगठित आवाज उठ्न नसकेको अवस्थामा संस्थाहरुलाई एउटा सुत्रमा बाँध्ने फोरमको उद्देश्य रहेको बताए ।

    भेलाले खबरकुराका प्रबन्ध सम्पादक शरण कर्माचार्यको संयोजकत्वमा फोरम गठन गरेको छ । फोरमको सदस्यहरुमा स्वस्तिक श्रेष्ठ, दिनेश कुमार श्रेष्ठ, सुमन श्रेष्ठ, सत्यनारायण मानन्धर, सुजिता श्रेष्ठ र सन्तकुमार श्रेष्ठ रहेका छन् । फोरमले हरेक महिना नेवा: भाषा, संस्कृति र सम्पदा तथा नेवाः समुदायको बाहुल्यता रहेको स्थानहरुको इतिहासका विषयमा अन्तरक्रिया गर्ने श्रेष्ठले जनाए ।
    नेवारी परम्परा अनुसार गुठी बिधिबाट सर्वसम्मत नेतृत्व चयन गर्ने विधि अपनाउने र संस्थालाई गुठीकै विधिबाट गैर नाफामुलक संस्था बनाउने गरी विधि बनाइएको उनले बताए ।