२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

देवदह स्मृति वनमा प्रस्तर कार्यशाला

सोमवार , चैत्र ७, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • बुटवल, ७ चैत ।
    स्मृति वन बाटिकामा मंगलबारदेखि दोस्रो देवदह राष्ट्रिय मुर्तिकला कार्यशाला २०७८ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी कार्यशालाको तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले बताए । देवदह नगरपालिका, लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यशालामा देशभरका २५ जना मुर्तिकारहरुले ढुङ्गामा शान्ति, बुद्घसंग सम्बन्धि मुर्तिहरु निर्माण गर्ने उनले बताए । कार्यशाला चैत ८ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । 

    कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले बुद्घ मावली देवदहलाई पर्यटकीय नगरको रुपमा विकास गराउने लक्ष्य रहेको बताए । पर्यटन प्रवद्र्घनका लागि पूर्वाधारमा गरिएको लगानीलाई उद्योगको लगानीसंग तुलना गर्दै यसबाट प्रतिफल आउन केही समय लाग्ने उनको तर्क गरे । देवदह क्षेत्रका अधिकांश पार्कहरु चुरेको छेउमा पर्ने हुँदा रहेका निरन्तर संरक्षण गर्नु चुनौती देखिएको उनले बताए । नगरमा धेरै योजनाहरुको डीपीआर बनाएर तीन तहकै सरकारसंग सहकार्य गरी लगानी गरिने उनले बताए । बुद्घ मावली क्षेत्रको रुपमा रहेको देवदहका पुरातात्विक क्षेत्रहरुको उत्खनन्, प्रचारप्रसारको काम निरन्तर जारी रहेको उनले बताए । 

    ड्रिम देवदह संयोजक सिद्धिचरण भट्टराईले स्मृति सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक विकासमा टेवा पुग्ने गरी पर्यटकीय क्षेत्र निर्माणको काम भइरहेको बताए । स्मृति पार्क नाम दिएर यसको सौन्दर्यीकरण गर्ने अभियानमा लागेको उनले बताए । 

    कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यादेवी गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ याम बहादुर थापाले कला र कलाकारको सम्मान हुने गरी कार्यक्रम गरिदा यसबाट पर्यटकीय स्थलको समेत आकर्षण बढ्ने बताए । 

    कार्यक्रममा सह–संयोजक तथा स्मृति सामुदायिक उपभोक्ता समूहका अध्यक्ष भरत कुमार गुरुङले पार्कमा हालसम्म करिब १ करोड रुपैयाँ बढी खर्च भएको बताए । पछिल्लो पाँच वर्षमा तारबारमा ३० लाख, तडबन्धन तथा सेडमा ५० लाख र हर्बल गार्डेनमा गरी करिब २० लाख खर्च भएको उनले बताए । करीब ५ विगाहा क्षेत्रफलमा फैलिएको पार्कमा पूर्वाधार निर्माण अन्र्तगत सडक निर्माण, पिकनिक सेड, तारबार तथा सरसफाईका काम भएका छन् । लायन्स क्लब अफ बुटवल स्टार्सको अगुवाईमा हर्बल गार्डेन बनाउने काम भएको उनले बताए ।