images

बिहिवार, बैशाख २० गते २०८१

रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

images
images
images
सोमवार, चैत्र ७ २०७८
सोमवार, चैत्र ७ २०७८
  • रोटरी बैठकमा डिष्ट्रिक कन्फ्रेन्सको तयारीबारे छलफल

    बुटवल, ७ चैत ।
    रोटरी क्लब अफ बुटवलको १४०६ औं नियमित बैठक क्लब सचिवालय बुटवलमा सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयबारे जानकारी गराएका थिए ।

    images
    images
    images

    बैठकमा यही चैत १८, १९ र २० गते हुने डिष्ट्रिक कन्फ्रेन्सको तयारीका बारेमा छलफल भएको थियो । कन्फ्रेन्सका हालसम्मको तयारीबारे क्लबका सचिव खिमनारायण पराजुलीले जानकारी गराएका थिए ।

    बैठकमा अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायले अहिलेसम्म करिव २० जनाले कन्फ्रेन्समा जानका लागि रजिष्ट्रेशन गराइसकेको र २५ देखि  ३० जनासम्म सहभागी हुने गरी तयारी भइरहेको जानकारी गराएका थिए । बैठकमा रोटरीयनहरु आमोद सिमाङ्गैडा, कृष्णप्रसाद अर्याल, हरिप्रसाद पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

    बैठकमा ताराप्रसाद भट्टराई, झविन्द्रप्रसाद कंडेल लगायतले डिष्ट्रिक कन्फ्रेन्सका लागि गर्नुपर्ने तयारीका कामबारे आ–आफ्नो सुझाव दिएका थिए । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij