२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

निर्वाचन आयोग निष्पक्ष भएन : केपी ओली

आइतवार , चैत्र ६, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • मंगलबारे, ६ चैत ।
    नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् ।
    मतपत्रमा हरियो रंगको निर्माण गर्ने निर्णयप्रति उनले विरोध गरे । हरियो रंग रुख जस्तो हुने र कांग्रेस लक्षित काम गरेको भन्दै निर्वाचन आयोगले निष्पक्ष भएर काम गर्नुपर्ने उनले बताए । अध्यक्ष ओलीले भन्नुभयो, “कांग्रेसको चुनाव चिह्न रुख किन हरियो हुने ?

    इलामको सूर्योदय नगरपालिका नगर कमिटीको आयोजना र एमाले जिल्ला कमिटीको व्यवस्थापनमा भएको जनसभामा बोल्दै एमालेको लोकप्रियताप्रति अन्य दलहरू डराएको टिप्पणी गरे । 

    फिक्कल चोक बजारमा भएको कार्यक्रममा एमाले जनताको पार्टी भएको उनको भनाइ छ । एमाले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य, सडक क्षेत्रको विकासमा राम्रो काम गरेकाले एमाले सबै विकास गरिसक्छ भनेर अन्य दल डराएको उनको भनाइ छ । 
    एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेमा जनताको लहर चलेको दावी गरे । रासस