आइतवार , चैत्र ६, २०७८
बुटवल, ६ चैत ।
नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नवौं नवराज–दिलिप स्मृति दिवसको अवसरमा हेभि इक्युपमेन्ट डिभिजन बुटवलको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र बुटवलको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष प्रेमप्रसाद खनालको अध्यक्षता, नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सदस्य काशीराम आचार्य, लोकेन्द बम, सडक डिभिजन बुटवलका प्रमुख जयलाल मरासिनी, आधिकारिक ट्रेड युनियनका केन्द्रिय सदस्य मेघदेव पन्त, हेभि इक्युपमेन्ट डिभिजन प्रमुख शिवराम यादव लगायतको आतिथ्यता रहेको थियो ।
अस्पतालहरुमा देखिएको रगतको अभावलाई केहि हदसम्म भएपनि कम गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष खनालले बताए । आफ्नो अमूल्य रगत दान गर्ने रक्तदाता लगायत अन्य सहयोगीहरुलाई धन्यवाद दिदै उनले आगामी दिनमा पनि संगठनले यस्तै रचनात्मक काम गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, संगठनका केन्द्रिय सदस्य काशीराम आचार्य, सि.वी.ए केन्द्रिय सदस्य मेघदेव पन्त लगायतले रगत दान भन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गर्नुपर्नेमा जोड दिए । एक थोपा रगतको कारण पनि मृत्यु शैयामा पुगेको मानिसको जीनव बच्न सक्ने भन्दै रक्तदान जस्तो पवित्र कार्यक्रमको आयोजना गर्ने संगठन प्रति विशेष आभार प्रकट गरे ।
कार्यक्रममा २५ युनिट रगत संकलन भएको थियो । उपाध्यक्ष ठानेश्वर बस्यालको स्वागत र सचिव जीवन पौडेलकोे सञ्चालनमा कार्यक्रम भएको हो । संगठनले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij