images

बिहिवार, बैशाख २० गते २०८१

सौराहामा फोनिजको संघीय महाधिवेशन सुरु

सौराहामा फोनिजको संघीय महाधिवेशन सुरु

राष्ट्रियताको मुद्धामा कलम चलेन : शेरचन 

images
images
images
आइतवार, चैत्र ६ २०७८
आइतवार, चैत्र ६ २०७८
  • सौराहामा फोनिजको संघीय महाधिवेशन सुरु

    सौराहा, ६ चैत । 
    नेपाल आदिबासी जनजाती पत्रकार महासंघ (फोनिज) को सातौं संघीय महाधिवेशन चितवनको सौराहामा सुरु भएको छ । महाधिवेशनको लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले एक समारोहकाबीच उद्घाटन गरेका छन् । 

    images
    images
    images

    सो अवसरमा उनले राष्ट्रियताको मुद्दामा पत्रकारले कलम चलाउन नसकेको बताएका छन् । खोक्रो राष्ट्रवादका विषयमा पत्रकारहरुले कलम चलाउने गरेको भन्दै उनले वास्तविक राष्ट्रवाद र राष्ट्रियताको मुद्दामा कमल चलाउन कन्जुस्याई गरेको बताए । राष्ट्रियताको विषयमा सत्य र तथ्य उजार गर्न आग्रह गर्दै प्रदेश प्रमुख शेरचनले पत्रकार त्यसमा निडर हुनुपर्ने बताए । 

    लिपुलेक र लिम्पियाधुराको विषय मात्र राष्ट्रियता होइन । उनले भने, ‘राष्ट्रियताको अन्तर वस्तुभित्र प्रवेश गरेर पत्रकारले कलम चलाउन आवश्यक छ ।’ उनले आदिवासी जनजातिलाई गरिने विभेद अन्त्य हुन नसकेको बताए । आदिवासी जनजातिको भाषा र संस्कृति माथि राज्यले दमन गरेको भन्दै प्रदेश प्रमुख शेरचनले भाषा संस्कृति संरक्षणमा समुदाय नै गम्भिर हुनुपर्ने अवस्था आएको उनले बताए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाबेशीको सिद्धान्तलाई जनस्तरमा लैजान नेपालका पत्रकारहरुले खेलेको भूमिकालाई राज्यले सम्मान गर्नुपर्ने बताए । मुलुकमा परिवर्तन भएपछि समावेशीताको सिद्दान्तलाई जनस्तरमा लैजानुपर्ने उनले बताए । उनले भने, ‘त्यसलाई सञ्चार माध्यमबाट पत्रकारहरुले लक्षित वर्गसम्म पुर्याउन सफल हुनुभएको छ । ’

    कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मुलुकको परिवर्तन संस्थागत गर्ने काममा पत्रकारहरुले अहम भूमिका खेलेको बताए । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले भाषाको कारण कुनै पनि नागरिक सुचनाको हकबाट वञ्चित हुन नहुने भन्दै आदिवासी जनजाति समुदायका पत्रकारले त्यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । 

    फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठ, फोनिजका पूर्व अध्यक्ष खिम घले, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष जगत बराम लगायतले मन्तव्य राखेका थिए । 

    फोनिजले विगतको परम्परालाई तोडदै उदाहरणीय तरिकाले महाधिवेशन उदटन गरेको छ । फोनिज चितवनका संस्थापक उपाध्यक्ष तथा चितवनका पुराना पत्रकार बीरबहादुर सिंजालीलाई सम्मान गरेर महाधिवेशन उद्घाटन गरिएको हो ।

    महाधिवेशनमा ६० जिल्लाका ४५० जना प्रतिनिधि सहभागी छन् । महाधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । फोनिजको संघीय अध्यक्षको लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गजुरधन राई, महासचिव मनोज घर्ती मगर र उपाध्यक्ष लक्की चौधरीको नाम चर्चामा रहेको छ । यद्यपी महाधिवेशनले राईलाई अध्यक्ष बनाएर सर्बसम्मत रुपमा नेतृत्व चयन गर्ने सम्भावना बढी रहेको जनाइएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij