images

बिहिवार, बैशाख २० गते २०८१

रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु 

रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु 

२३ सय ६० जना छनोट गरिदै

images
images
images
आइतवार, चैत्र ६ २०७८
आइतवार, चैत्र ६ २०७८
  • रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु 

    रुपन्देही, ६ चैत ।
    आसन्न स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आज देखि अगाडि बढेको छ । यहाँका २ सय ८ वटा निर्वाचन बुथ, ६ सय १० मतदान केन्द्रमा खटाउन चैत ६ देखि ११ गतेसम्म अवधि दिएर दरखास्त आह्वान गरिएको छ ।

    images
    images
    images

    आइतबारदेखि नै म्यादीमा भर्ना प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । जिल्लामा २ हजार ३ सय ६० जना म्यादी प्रहरी भर्ना लिइने उपरीक्षक रेग्मीको भनाइ छ । सेना र प्रहरीबाट रिटायर्ड भइसकेका प्राथमिकतामा राखिने उनले जानकारी दिए ।

    275852127_1010922492964491_1495595676790053840_n.jpg

    ५४ वर्ष ननाघेकालाई छनोटका मापदण्ड समेत निर्धारण गरिएको छ । म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि नेपाल प्रहरी जवान सरह मासिक रु.३० हजार २ सय ४० पारिश्रमिक निर्धारण गरिएको छ । अर्को साताबाट उनीहरुको आधारभूत तालिम सुरु गरिने प्रहरी उपरीक्षक रेग्मीले बताए । स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले म्यादी प्रहरीका लागी भर्ना खुलाएको हो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij