२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

राष्ट्रिय भूमि आयोग रुपन्देहीका नवनियुक्त सदस्यहरुको सपथग्रहण

आइतवार , चैत्र ६, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, ६ चैत । 
    राष्ट्रिय भूमि आयोग जिल्ला समिति, रुपन्देहीका नवनियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । भैरहवामा आइतबार आयोजित एक कार्यक्रमकाबीच आयोग रुपन्देहीका विज्ञ सदस्य बद्रे आलम, सदस्य यमलाल तिवारी र महिला सदस्य निरमाया बोहरा क्षेत्रीले सपथग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति, रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यले सपथग्रहण गराए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष आचार्यले आयोगले पूर्णता पाउँदा खुसी भएको बताए । उनले जिल्लाका विभिन्न स्थानमा पुगेर अन्तरक्रिया कार्यक्रम गरिएको बताए । ‘सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ, जिम्मेवारी हाम्रो कांधमा आएको छ, ’उनले भने । आयोगका विज्ञ सदस्य बद्रे आलमले वास्तविक सुकुम्बासीले जग्गा पाउनुपर्ने बताए ।  आयोगका सदस्य यमलाल तिवारीले सुकुम्बासीको हातमा पूर्जा दिने गरी काम अगाडी बढाउने बताए । सदस्य निरमाया बोहरा क्षेत्रीले प्रतिबद्ध भएर जिम्मेवारी पूरा गर्ने बताइन् ।

    राष्ट्रिय भूमि आयोग जिल्ला समिति, रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्यको अध्यक्षता, आयोग रुपन्देहीका सदस्य सचिव एव) नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत कृष्ण प्रसाद सापकोटाको स्वागत तथा नापी अधिकृत कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख मालपोत अधिकृत केशवराज सुवेदी, जिल्ला समन्वय समिति रुपन्देहीकी सव–इञ्जिनियर हिरा खत्री लगायतको आतिथ्यता रहेको थियो ।