आइतवार , चैत्र ६, २०७८
काठमाडौँ, ६ चैत। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिन आग्रह गरेका छन्। थापाथली इञ्जिनीयरिङ क्याम्पसको ५६औँ वार्षिकोत्सव कार्यक्रममा उनले विश्वविद्यालय आधुनिकीकरण नहुँदासम्म उच्च शिक्षामा सुधार नहुने बताए। “देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुनु भएन, अहिलेको युग सुहाउँदो हुनुपर्छ”, उनले भने, “विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसको सवलीकरणमा ध्यान दिनुपर्छ।”
मन्त्री पौडेलले देश सुरुङमार्ग, लिफ्टिङ सिँचाइ, नयाँ पुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको भन्दै पूर्वाधार निर्माणमा इञ्जिनीयरको बढी भूमिका हुने हुँदा यसप्रति गम्भीर हुन आग्रह गरे। यस वर्षदेखि देशका ४० बढी क्याम्पसको भौतिक संरचना बन्ने जानकारी दिदैं उनले कार्ययोजना, दक्षता, लगनशील, अनुशासन र ऊर्जाशील भए मात्रै नवीनतम नतिजा दिन सकिने बताए। रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij