२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

स्थानीय स्काउट समिति सिद्धार्थनगरद्वारा स्टेशनरी सामग्री वितरण

आइतवार , चैत्र ६, २०७८

  • 2.9K
    Shares
  • 2.9K
    Shares
  • भैरहवा, ६ चैत ।
    आमा अभियान नेपाल र स्थानीय स्काउट समिति सिद्धार्थनगरले स्टेशनरी सामग्री वितरण गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित बाल मन्दिर विद्यालयमा शनिबार शनिबार स्कूल ब्याग र स्टेशनरी सामग्री वितरण गरिएको स्थानीय स्काउट समिति सिद्धार्थनगरका संयोजक सरोज खातीले बताए ।

    सरोज खातीको अध्यक्षता, आमा अभियान नेपालका अध्यक्ष हिरादेवी तिमिल्सनाको प्रमुख आतिथ्यता, स्काउटका पूर्व जिल्ला आयुक्त तथा भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताको विशिष्ट आतिथ्यता, विद्यालयका प्रधानाध्यापक धन थापा, सिद्धार्थनगर वडा नम्बर १२ का वडा सदस्य कुमार गुरुङ, समाजसेवी सुशिल कुँवर लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन आमा अभियान नेपालका सदस्य शुशिला नेपालले गरेकी थिइन् ।