२०८२, कार्तिक २२ गते

Nov 08 2025 | २०८२, कार्तिक २२ गते

ज्योतिपुञ्च गौसिय रिजविया अहले सुन्नतको अध्यक्षमा हाफिजउल्ला पठान

आइतवार , चैत्र ६, २०७८

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, ६ चैत ।
    ज्योतिपुञ्च गौसिय रिजविया अहले सुन्नत (मदरसा) भैरहवाको १८ औं साधारणसभा तथा आठौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

    अधिवेशनले हाफिजउल्ला पठानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा मुसाफिर भाट, सचिवमा सेराज आलम, सह–सचिवमा मोहम्मद हसन अन्सारी, कोषाध्यक्षमा जावेद आलम र सह–कोषाध्यक्षमा मोहम्मद इसहाक मुसलमान रहेका छन् ।

    त्यस्तै सदस्यमा तुफेल पठान, इकराम हुसेन, मोहम्मद हासिम, सलाहुद्दिन खान, मोहम्मद सिद्दिक खान र हसन रजा रहेका छन् ।
    त्यसै गरी सल्लाहकारमा अब्दुल रसिद, बद्रे आलम, मोइम खान, मोजीब अली र सेराजुद्दीन खान रहेका छन् ।